Skip to content

बागमती प्रदेश स्तरीय एकीकृत प्रारम्भिक बालविकास रणनीति अन्तिम मस्यौदा तयार

Home/Press Release/बागमती प्रदेश स्तरीय एकीकृत प्रारम्भिक बालविकास रणनीति अन्तिम मस्यौदा तयार
Previous Next
  • View Larger Image

बागमती प्रदेश स्तरीय एकीकृत प्रारम्भिक बालविकास रणनीति अन्तिम मस्यौदा तयार

गर्भावस्था देखि ८ वर्षसम्मका प्रारम्भिक उमेरका सबै बालबालिकाको शारीरिक, सामाजिक, बौद्धिक, संवेगात्मक र भाषिक विकासको अवसर सुनिश्चित गर्दै बालबालिकाको सर्वाङ्गीण विकास सुनिश्चित गरी सक्षम तथा दक्ष मानव स्रोत विकास गर्ने लक्ष्य सहित बागमती प्रदेश स्तरीय एकीकृत प्रारम्भिक बालविकास रणनीतिको मस्यौदा तयार पारीएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री माननिय श्री कुमारी मोक्तानको विशेष उपस्थितीमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव श्री खुविराम अधिकारीको अध्यक्षतामा विभिन्न मन्त्रालय एवं सरोकारवालाको सहभागितामा बृहत छलफल गरी माघ २९ गते हेटौडामा सम्पन्न एक कार्यक्रम मार्फत मस्यौदालाई अन्तिम रुपदिने कार्य भएको छ । उमेर अनुसार सर्वाङ्गीण विकासको लागि गुणस्तरीय एकीकृत सेवा प्रदान गर्ने, बालविकासका लागि कानूनी, संस्थागत तथा संरचनागत संयन्त्र निर्माण गर्ने, प्रभावकारी सेवा पुर्याउन दक्ष मानव तथा आर्थिक स्रोत सुनिश्चित गर्ने, सर्वाङ्गीण विकासका लागि आमाबुबा, परिवार, संरक्षक तथा समुदायको सक्रिय संलग्नता सुनिश्चित गर्ने, विशेष संरक्षण आवश्यकता भएका प्रारम्भिक बालविकास उमेरका बालबालिकाको सर्वाङ्गीण विकासका लागि लक्षित रुपमा एकीकृत एवं गुणस्तरीय सेवाको पहुँच विस्तार गर्ने ५ वटा नीतिमा यो रणनीति केन्द्रित छ ।  यसले बागमती प्रदेशले लिएको नीतिको पुर्ण कार्यन्वयनका लागि विभिन्न १६ वटा रणनीति एवं रणनीति लागु गर्नका लागि स्पष्ट कार्यनीति सहित कार्यदिशा तय गरेको छ ।

नेपालको संविधानको धारा ३९ अन्र्तगत मौलिक हकको रुपमा रहेको बालबालिकाको हक सम्वन्धि व्यवस्था अनुसार प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक सुनिश्चित गर्नको लागि बहुसरोकारवालको पुर्ण सहभागितामा यो रणनीति तयार पारिएको छ, कार्यक्रको उद्घाटन गर्दै मन्त्री मा. कुमारी मोक्तानले वताउनु भयो । “यो सवैको सहभागितामा बनेको छ, अनलाईन मार्फत पनि सुझाव लिने काम गरिएको छ, त्यसैले यो रणनीति पुर्ण बनेको छ र यसले प्रारम्भिक बालबालिकाको सर्वाङ्गीण विकास गरी समृद्ध प्रदेश बनाउन महत्वपुर्ण योगदान पुग्ने छ”

घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले भन्ने मुल नारालाई पुर्णता दिनका लागि यो रणनीति महत्वपुर्ण रहेको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख गोपाल प्रसाद कडेलले बताउनु भयो । “यो रणनीतिले बागमती प्रदेशलाई बालमैत्री प्रदेश बनाउने छ ।”

प्लान इन्टननेशनल नेपाल र मावन तथा राष्ट्रिय विकास समाजको सहयोग तथा सामाजिक विकास मन्त्रालयको अगुवाईमा तगार पारिएको मस्यौदामा प्रारम्भिक बालविकासका लागि उमेर र सेवा अनुरूपको आवश्यक निर्धारित न्यूनतम मापदण्ड कार्यान्वयन गर्ने, प्रारम्भिक बालविकास सेवाका लागि सूचना व्यवस्थापनको सुदृढीकरण, अनुगमन, मूल्याङ्कन र अनुसन्धान प्रणाली स्थापित गर्ने, लैङ्गिकमैत्री, बालमैत्री, अपाङ्गतामैत्री पूर्वाधार सुनिश्चित गर्ने, स्थानीय तहमा प्रारम्भिक बालविकासका राष्ट्रिय रणनीति २०७७ – ८८ को आधारमा यस प्रदेशको नीति तथा निर्देशिका तर्जुमा गर्ने, सम्बन्धित सबै निकायको प्रतिनिधित्व हुनेगरी संयन्त्र निर्माण गर्ने रणनीतिहरु अवलम्वन गरीने व्यवस्था रहेको छ । मस्यौदा सम्वन्धि छलफलमा सहभागीहरुले स्थानीय तहमा समन्वय सहकार्य र सहयोग सुनिश्चित गर्दै बालबालिकाका लागि सुरक्षा संरक्षण सहितको विशेष व्यवस्था गर्ने, एकीकृत योजना र कार्यक्रम तर्जुमा तथा बजेट विनियोजन गरी सवै पक्षको लागनीलाई प्रोत्साहन गर्दै प्रारम्भिक बालविकास गर्ने रणनीति लिने व्यवस्था उल्लेख गरिएको छ । सवै पक्षको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्दै प्रारम्भिक बालबालिकाको विशेष संरक्षण मार्फत बालविकासको अवसरको सुनिश्चितता गर्ने रणनीति बागमती प्रदेशले अवलम्वन गर्ने मस्यौदामा समावेस गरिएको छ ।

छलफलमा प्रस्तुत मस्यौदामा रणनीति सामाजिक विकास मन्त्रालयको मन्त्रीको अध्यक्षतामा प्रदेश प्रारम्भिक बालविकास समिति मार्फत कार्यान्वय गर्ने व्यवस्था छ । स्थानीय स्तरमा पालिका प्रमुख र वडामा वडा अध्यक्षको अध्यक्षतामा प्रारम्भिक बालविकास समिति रहने र उक्त समितीले रणनीति कार्यान्वयनको अगुवाई गर्ने नीतिगत व्यवस्था रहेको छ ।

प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७ –२०८८ को मस्यौदालाई सामाजिक विकास मन्त्रीको नेतृत्वमा तयार पारिएको हो । मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख गोपाल प्रसाद कडेलको नेतृत्वमा रहेको विज्ञहरुको उप समितिले विभिन्न सरोकारवालासंग छलफल गरी सुझाव लिइ लेखन गर्ने कार्य गरेको थियो ।  मस्यौदा तयारीको क्रममा विभिन्न भौगोलिक क्षेत्रको सुझाव प्राप्त गर्ने उद्देश्यले दुधौली नगरपालिका सिन्धुली, रत्ननगर नगरपालिका चितवन, गोसाइकुण्ड गाउपालिका रसुवा र ललितपुर महानगरपालिकामा अन्तक्रिया  कार्यक्रम गरी विभिन्न क्षेत्रवाट सुझाव सकलन गरीएको थियो ।

By hands|2024-02-13T09:01:31+00:00February 13, 2024|Press Release|0 Comments

Share This Story, Choose Your Platform!

FacebookTwitterRedditLinkedInWhatsAppTelegramTumblrPinterestVkXingEmail

About the Author: hands

Leave A Comment Cancel reply

Contact Info

Dudhauli Municipality
Sindhuli,Nepal

Phone: 047-520967

Mobile: 9844272860

Email: info@handsnepal.org

Important Links

Plan International Nepal
UNDP
World Vision International Nepal
Heifer International Nepal
ILO

Our Location

Find us on Facebook

Copyright 2024 | All Rights Reserved | Powered by XL Soft
FacebookTwitterInstagramPinterest
Page load link
Go to Top