"Empowering Community, Enriching Lives"
सम्मानित र समृद्ध जीवनका लागि सामुदायिक शसक्तिकरण
Logo
Kathmandu Local Time
--:--:--

शोक विज्ञप्ती

September 09, 2025
हिजो जेन–जी आन्दोलनका क्रममा घटेको दुःखद घटनामा निर्दोष बालबालिका तथा युवाहरुले अमूल्य जीवन गुमाउनु परेको हृदयविदारक समाचारप्रति मानव तथा राष्ट्रिय विकास समाज (ह्यान्ड्स नेपाल) अत्यन्त शोकाकुल बनेको छ । यस घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं । ह्यान्ड्स नेपाल दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गर्दछ । साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै यो कठिन घडीमा धैर्य, साहस र मानसिक शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछ । यस प्रकारका घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाउनुका साथै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको छ । हामी यस्ता दुःखद घटना पुनः नदोहोरियोस् भन्ने गहिरो अपेक्षा गर्दछौं र समुदायमा सहिष्णुता, आपसी सहयोग र ऐक्यबद्धता मजबुत पार्दै अघि बढ्न सबैलाई आह्वान गर्दछौं । यस सन्दर्भमा, हामी सम्पूर्ण नागरिक, स्थानीय निकाय, सरकार तथा सरोकारवालाहरुलाई पीडित परिवारजनलाई आवश्यक सहयोग र सहजीकरण प्रदान गर्न, र शान्तिपूर्ण समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न विशेष आग्रह गर्दछौं । अध्यक्ष वासुदेव अधिकारी